काठमाडौं । सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए ।
अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन ।
अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘दुई सम्भावित ठाउँ पहिचान भएका छन् । ती ठाउँमा हिँडेर जान सकिने अवस्था छैन । हेलिकोप्टरमार्फत खोजी गर्ने तयारी गरिरहेका छौं,’ अध्यक्ष गौचनले भने, ‘पाइलटको फोन लागिरहेको छ । त्यसलाई पनि ट्र्याक भइरहेको छ । मौसममा सुधार आएपछि खोजी कार्य हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ जेठ २०७९, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना, २५ जनाको जीवितै उद्धार
क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट सारियो
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन : सौर्यका क्याप्टेन मनिष
जहाज दुर्घटना : ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने
दुर्घटनामा श्रीमान् र छोरासँगै ज्यान गुमाएकी प्रिजाः १० वर्षदेखि ऊर्जा मन्त्रालयमा गर्थिन् काम