काठमाडौँ । मौरिटानियाको तटमा एउटा जहाज दुर्घटनाग्रस्त भएको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म २५ आप्रवासीको मृत्यु भएको र कैयौं बेपत्ता भएका छन् ।
राजधानी नौआकचोट नजिकै भएको घटनामा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले १९० भन्दा बढी मानिस अझै बेपत्ता रहेको र उनीहरुको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएको छ ।
एक कोस्ट गार्ड कमाण्डरले मौरिटानियाको तटरक्षकले १०३ आप्रवासीलाई उद्धार गरेको र २५ शव निकालेको बताएका छन् ।यसअघि जुलाई २२ मा डुङ्गा पल्टिनुअघि करिब ३०० जनाले काठको डुङ्गामा गाम्बिया छोडेका र सात दिनसम्म समुद्रमा बिताएका आइओएमले जनाएको छ।
कोस्ट गार्ड आउनुअघि १५ जनाको मृत्यु भइसकेको थियो भने १० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । यसअघि जुलाई ५ मा पनि यस्तै घटना भएको थियो, जसमा मौरिटानियन तटरक्षकले पल्टिएको डुङ्गाबाट ८९ आप्रवासीको शव निकालिएको थियो ।
आईओएमले धेरै आप्रवासीहरू मोरक्कोको तटमा अवस्थित क्यानरी टापुहरूमा पुग्ने प्रयास गरेको बताएको छ । पश्चिम अफ्रिकादेखि स्पेनसम्मको यो रुट विश्वको सबैभन्दा खतरनाक रुटमध्ये एक हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना, २५ जनाको जीवितै उद्धार
क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट सारियो
सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन : सौर्यका क्याप्टेन मनिष
जहाज दुर्घटना : ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने
दुर्घटनामा श्रीमान् र छोरासँगै ज्यान गुमाएकी प्रिजाः १० वर्षदेखि ऊर्जा मन्त्रालयमा गर्थिन् काम
जहाज दुर्घटनाबारे उड्डयन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ