एजेन्सी । रुसी सेनाले पूर्वी युक्रेनको रणनीतिक शहर लिमन कब्जा गरेको दाबी गरेको छ ।
रुसी सेनाले एक विज्ञप्ति जारी गर्दै डोनेट्स्क जन गणतन्त्रको मिलिशिया र रुसी सशस्त्र सेनाको एकाइहरूको संयुक्त कारबाहीपछि, लिमान सहरलाई युक्रेनी राष्ट्रवादीहरूबाट पूर्ण रूपमा मुक्त गरिएको दाबी गरेको हो ।
लिमनमा शुक्रबार रूसी आक्रमणको क्रममा ८ वर्षीया बालिकाको मृत्यु भएको थियो । यसैबीच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले डोनबासको अवस्था धेरै कठिन भएको बताएका छन् ।
रुसी सेनाले थप क्षेत्र कब्जा गरेपछि अवस्था कठिन बनेको जेलेन्स्कीले बताए । रसियाले यस क्षेत्रमा नियन्त्रण जमाउन अधिकतम गोलाबारी र सेनाहरू केन्द्रित गरिरहेको भनाइ छ ।
यसैबीच रुसी सेनाले घेरेपछि युक्रेनी सेना पूर्वी सहर सेभेरोडोनेत्स्कबाट पनि फिर्ता हुन सक्ने बताइएको छ । लुहान्स्कका गभर्नर सेर्ही हाइडाइले हाल पूर्वी क्षेत्रमा १० हजार रुसी सेना रहेको बताएका छन् ।
युक्रेनले अमेरिकालाई लामो दुरी मार हान्न सक्ने हतियार दिन आग्रह गरिरहेको छ । तर, अमेरिकाले भने अन्तिम निर्णयमा नपुगको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ जेठ २०७९, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु
रुसी सेनामा गएका परिवारजनको उद्धारको माग गर्दै अनसन
रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : प्रदीप पौडेल
रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा र सकुशल उद्धार गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण
रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण