स्थानीय तह निर्वाचन

एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा माओवादी विजयी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १३ : ४०
एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा माओवादी विजयी

काठमाडौं । खोटाङको खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएका छन् । अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन् ।

उदिमले नेकपा एमालेकी कविता राईले ३८ मतान्तरले पराजित गरे । उनले ३ हजार ७२८ मत ल्याएर भने कविताले ३ हजार ६९० मत प्राप्त गरिन् । कविता यसअघि सोही गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

उपाध्यक्षमा विजयी कांग्रेसका रुपेशले ३ हजार ७३७ र पराजित एमालेका राजन बञ्जाराले ३ हजार ३१० मत ल्याए ।खोटेहाङ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा हो । यसअघि जितेका जिल्लाका सबै पालिका गुमाएको एमालेले यो पालिका पनि रक्षा गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस