तनहुँमा १५ वर्षीया किशोरी बलात्कृत

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १३ : ०९
तनहुँमा १५ वर्षीया किशोरी बलात्कृत

तनहुँ । तनुहँमा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

सोही नगरपालिका–४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस