काठमाडौं । निर्वाचन आयोगले जारी गरेको मौनअवधि उलंघन गरेको भन्दै प्यूठानमा नेकपा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच बुधबार झडप भएको छ । सरुमारानी गाउँपालिका ३ हशंपुरमा एमाले र गठबन्धनका कार्यक्रताबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार झडपमा एमालेका टेकबहादुर मर्स्याङ्दी मगर, भुवनसिंह लामटारी र शंकर बिक सामान्य घाइते भएका छन् । त्यस्तै गठबन्धनका रमेश राना पनि दुई बताइएके छ ।
यसैबीच मौन अवधिमा एमाले सरुमारानी गाउँपालिका अध्यक्षका उम्मेदवार झगबहादुर बिश्वकर्मासहितको समूहले पालिका वडा नं ३ हशंपुरमा चुनावी प्रचार गरिरहेकोले त्यसलाई रोक्न खोज्दा गठबन्धनका कार्यकर्तामाथि कुटपिट गरेको गठबन्धनद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको छ ।
तर, एमाले सरुमारानी गाउँपालिका निर्वाचन परिचालन समिति संयोजक मोहमद हलिम हलुवाइले भने आचारसंहिताविपरीत कार्य गर्ने गठबन्धनलाई रोक्न खोज्दा झडप भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते