मकवानपुर । मकवानपुरको मनहरीको छुट्टाछुट्टै स्थानमा २ जनाको शव फेला परेको छ । मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित मनहरी बजारमा एक पुरुष र वडा नम्बर–९ रजैयामा अर्का एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मनहरी–७ मनहरी बजारमा फेला परेको शव स्थानीय ५७ वर्षीय राजु प्रसाद रौनियार रहेको छ भने मनहरी–९ मा फेला परेको शव स्थानीय ४२ वर्षीया अनिता गोपालीको रहेको छ । दुवै जनको शव मृतकको घरमा नै फेला परेको प्रहरीले जनाएको छ ।
गएराति आफ्नै घरको छतमा सुतेका रौनियारको शव विहान फेला परेको प्रहरीको भनाई छ । उनको घरको छतबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रौनियार आफ्नो तीन तलाको घरको छतमा सुत्ने गरेको र आज बिहान परिवारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसैगरि, मनहरी–९ रजैयाकी गोपालीको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार मृतक गौपाली आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् । विहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
दुवैको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता
नारायणी नदि किनारमा अपरिचित व्यक्तिको शव फेला
रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला
बागमतीमा एकै दिन तीन वटा शव फेला
चितवनमा एक पुरुषको शव फेला