कैलालीको जंगलमा २ जना पुरुषको शव फेला

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०८१, १३ : ४१
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका-९ स्थित सालघारी सामुदायिक जंगलमा दुई युवाको शव भेटिएको छ ।

मृत भेटिनेहरूमा धनगढी उपमानरपालिका-१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना छन् । चौधरीको शव झुन्डिएको अवस्थामा र रानाको शव भुईँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पहरीका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले घाँटीमा पासो लगाएर जमानुको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । उक्त शवको करिब १५ मिटर पर रानाको शव भुईँमा फेला परेको छ । प्रहरीको टोली घटनास्थल गएर मुचुल्का गरेर शव उठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस