उदयपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ जवरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-६ फक्टपुरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत
तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत