सोल । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका हुन् । उनले सोमबार यहाँका समाचारदाताहरुसँग सो धारणा राखेका हुन् ।
सोमबार दक्षिण कोरियाको नेसनल एसेम्ब्लीमा भएको उनको सपथ समारोहपछि त्यहाँ उपस्थित भएका सम्वाददाताहरुसँग उनले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताएका हुन् । यहाँका नवनियुक्त राष्ट्रपति युन सुक–येउलले सो धारणा राखेका हुन् । उनले भनेका छन्– हामी सबै समस्याहरुको समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ ।
दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सुरु भएको छ । उनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्धीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताए । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २७ बैशाख २०७९, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे