काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ ले आज यहाँ आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले काठमाडौँ महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दावी गरे।
“विगत पाँच वर्षको अवधिमा काठमाडौँ महानगर र वडामा विकासको कामले गति लिन सकेन, समृद्ध महानगर निर्माणका लागि एकपटक कांग्रेसलाई अवसर दिनुहोस्”, उनले भने । उनले सम्पूर्ण बुद्धिजीवी, नागरिक क्षेत्रका अगुवालगायतलाई लोकतन्त्र र कांग्रेसको पक्षमा मतदान गर्नसमेत आग्रह गरे।
प्रवक्ता डा महतले नेकपा सरकारले आफ्नो पाँचवर्षे कार्यकाल काम गर्न नसकी खेर फालेको जनाउँदै काम गर्ने पार्टी कांग्रेस भएको उल्लेख गरे। कांग्रेस मुलुक र जनताका लागि जिम्मेवार पार्टी भएको उनको भनाइ थियो ।
कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति एवं स्थानीय निर्वाचनमा कामपा–४ का वडाध्यक्ष उम्मेदवार रामप्रसाद न्यौपानेले अनुशासित र भ्रष्टचाररहित वडा निर्माण आफ्नो मुख्य अभियान भएको बताए ।
सोही वडामा कांग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेदवारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ बैशाख २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशिष्ट परिवेशमा कांग्रेस-एमालेको सरकार बन्योः नेता महत
आफ्नैलाई विपक्षी ठान्नेहरुले कांग्रेस एक्लै चुनाव लड्छ भनेर मात्रै हुँदैन : प्रकाशशरण महत
वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : प्रकाशशरण महत
क्रिकेटका लागि सरकारले बजेट थप्छ : अर्थमन्त्री