रोल्पा । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच गए राति झडप भएको छ ।
झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए । उनलाई उपचारका लागि दाङतर्फ लगिएको छ ।
बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए ।
झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । “अहिले अवस्था सामान्य छ”, उनले भने। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते