काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।
३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।
टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ । आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।
यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्र्ने जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ बैशाख २०७९, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वविद्यालयको निवेदनपछि आजका लागि तोकिएको पेसी स्थगित
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित
दुई चरणमा अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन
फ्रान्सको सरकार ३ महिनामै ढल्यो