काठमाडौं । बुधबमरमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक मूल्यवृद्धि गरिसकेको छ ।
पेटोलियम पदार्थमा मूल्यवृद्धि हुँदा समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्छ । अन्तरष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकाले लाग्दै गएको छ । तर, निगमले यसअघि इन्धनको मूल्य ओरालो लाग्दा अत्याधिक नाफा कमाएको र सो नाफाबाट मूल्य स्थिरीकरण कोषको अवधारणा अघि सारेको थियो । तर, अहिले कच्चा तेलको मूल्यमा सामान्य वृद्धि हुँदासमेत उपभोक्तामा त्रास फैलाउनेगरी मूल्य बढाउन निगम लागिपरेको देखिन्छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ जेठ २०७५, ०७ : ४५
लेखकबाट थप