काठमाडौं । चालू आर्थिक बर्षमा चीनतर्फको निर्यात उल्लेख्य वृद्धि भएको छ । भारत र अन्य देशको निर्यात १० प्रतिशतभन्दा कमले बढेको बेला चीनतर्फको वृद्धि ६० प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो नौ महिनाको आर्थिक तथा वित्तीय विवरण अनुसार चीनतर्फको निर्यात ५८.९ प्रतिशतले वृद्धि भएको छ । मुलुकको नौ महिनाको अवधिमा झन्डै ६० अर्ब रुपैयाँको निर्यात गर्दा चीनतर्फको निर्यात उल्लेख्य बढेको छ । आजकोनागरिक दैनिकले आर्थिक पृष्ठमा यो समाचार छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ जेठ २०७५, ०७ : १९
लेखकबाट थप