काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी दिएको छ । बिहीबारसम्म ५३ जिल्लाका लागि उक्त संख्यामा मतपत्र छापिइसकिएको आयोगले जनाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गर्दै मतपत्र छपाइबारे जानकारी दिएका हुन् । उनले भने,५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिइसकेको छ । आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको काम भइरहेको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ ।
सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको हो । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमा छापिएको आयोगले जनाएको छ ।
आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ । यसपटक स्थानीय तहमा मतदाता संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय दलको मान्यता पाउन संघमा तीन प्रदेशको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव
मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने आयोगको निर्णय
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आयोगले खटायो अनुगमन टोली
उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन