काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालले आफ्नो चौंथो खेलमा दोस्रो पटक आज थाइल्यान्डको सामना गर्दैछ। यसअघिका तीन खेल गुमाएको नेपाल चौंथो खेलमा पहिलो जितको खोजिमा हुनेछ।
प्रतियोगितामा शतप्रतिश जितसहित शीर्ष स्थानमा रहेको थाइल्यान्डविरुद्ध नेपाल पहिलो खेलमा पराजित भएको थियो। त्यस्तै नेपालले नेदरल्यान्ड्स्विरुद्धका दुई खेल पनि गुमायो। शृङ्खलामा एक टिमले ३ खेल खेल्ने कार्यसूची रहेको छ। यस्तोमा नेपालको आजसहित कुल तीन खेल बाँकी रहँदा उपाधिका लागि भने सबै तीन खेल फराकिलो अन्तरले जित्नुपर्ने दबाब छ।
जारी सिरिजको पहिलो खेलमा नेपालले ३० जनवरीमा नेदरल्यान्ड्स सँग २० रनले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको थियो।
दोस्रो खेलमा १ फेब्रुअरीमा थाइल्यान्डसँग ४ विकेटले हारेको नेपाल तेस्रो खेलमा नेदरल्यान्ड्स सँग १५ रनले पराजित भयो। आज नेपालको यो चौंथो खेल हो। अङ्क तालिकामा नेपाल जितविहीन रहँदै पुछारमा रहेको छ।
तालिकामा थाइल्यान्ड तीन खेलमा तीनै जीत निकाल्दै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेदरल्यानड्सले नेपाललाई २ खेलमा हराएर ४ अङ्कका साथ दोस्रो स्थानमा छ। नेपाल र थाइल्यान्डबिचको खेल टियू मैदान कीर्तिपुरमा मध्यान्ह १२:१५ मा सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ माघ २०८१, ०८ : ५२
लेखकबाट थप