काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी गठबन्धनप्रति असन्तुष्टि जनाएका छन्। नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित गोष्ठीमा बोल्दै उनले सत्ता गठबन्धनलाई निरन्तरता दिए पनि चुनावमा कांग्रेस एक्लै जानुपर्ने तर्क राखेका थिए।
विगतमा कम्युनिस्टसँग सरकारमा सहकार्य भए पनि चुनावी तालमेल नभएको स्मरण गर्दै अहिले के बाध्यता आइलाग्यो भनि प्रश्न गरे। उनले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासम्म पालामा कांग्रेसले कम्युनिस्टसँग सत्ता सहकार्य गरेको तर कसैले पनि निर्वाचनमा तालमेल नगरेको कोइरालाले बताए।
‘तर राजाको कारणले गर्दा गणेशमानजी, किसुजी, गिरिजाबाबुहरुसँग कम्युनिस्टहरुसँग मिलेर पहिलो जनआन्दोलन भयो। प्रजातन्त्र बहुदलीय व्यवस्थामा अगाडि बढ्यौं। त्यो बेला किसुनजीको सरकारमा एमाले पनि थियो। तर निर्वाचनमा हामी एक्लै लड्यौं। हामी कसैसित मिलेनौं,’ उनले भने।
उनले एमाले नेता सुवासचन्द्र नेम्वाङले समेत कांग्रेसले के गरेको भनेर प्रश्न गरेको बताए। 'हिजोमात्रै सुवास नेम्वाङजीले मलाई भेटेर भन्नुभयो, 'तपाईँहरु कहाँ पुगिसक्नुभयोरु वीपी, गणेशमानजी, किसुनजी, गिरिजाले बनाएको पार्टी तपाईँहरु कहाँ जानुभयो, कहाँ दौडिरहनुभएको छ।'
मैले सोधे, के भयो त ?
'नेम्वाङजीले अन्तरिम कालमा १० र १५ वर्षसँगै मिलेर जाने र सरकार चलाउने प्रस्ताव लिएर एमाले नेताहरु किसुनजीकहाँ गएको र किसुनजीले हामी त एक्लै लड्छौं, तपाईँहरु आआफ्नो बन्दोबस्त गर्नुस् भन्नुभएको सुनाउनुभयो,' नेम्वाङ भनाइ उद्धृत गर्दै उनले भने। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०८ बैशाख २०७९, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'यो सरकार एमालेकरण त भईरहेको छैन ?'
सरकारमा एमालेले गरेका खराब कामहरुलाई कांग्रेसले जनतामा लैजानुपर्छ: शेखर कोइराला
जलवायुले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला
अध्यादेशले कांग्रेसलाई अप्ठ्यारो पारेको छ : शेखर कोइराला
नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा छ : शेखर कोइराला
बेलायत जाँदै शेखर कोइराला