काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चार जना र एक संस्थाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत उनीहरूले आपूर्तिकर्तासँग मिलेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
उनीहरुविरुद्ध कृषि यान्त्रिकीकरण कार्यक्रममा मिनी टिलरको झुट्ठा बिल भरपाइ बनाइ दोहोरो बिलको भुक्तानी लिने र दिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनीटिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनीटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानुनी हानि पु¥याएको भन्दै भन्दै उजुरी परेको थियो ।
तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरी भुक्तानी दिँदा टिप्पणी सदर गरी सातवटा मिनीटिलरको ६ लाख २२ हजार ५ सय रुपैयाँबराबरको झुट्ठा बिल भरपाई बनाइ दोहोरो भुक्तानी लिएको पाइएपछि आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषिप्रसार अधिकृत मुकेश राम्जाली र आधुनिक कृषि किसान संस्था प्रालिका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध अभियोगपत्र दर्ता भएको छ । मन्त्रालयका तीन कर्मचारीविरुद्ध ३७ लाख १५ हजार बिगो माग गरिएको छ भने आपूर्तिकर्ता संस्था र त्यसका प्रबन्ध निर्देशकविरुद्ध ४३ लाख ३७ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ बैशाख २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा
झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर
राजा महेन्द्रका ज्वाइँ कुमार खडगविक्रमलाई भ्रष्टाचार मुद्दामा सफाइ
भ्रष्टाचार मुद्दामा धमाधम फैसला