काठमाडौं । विशेष अदालतले सार्वजनिक जग्गा आफ्ना नाममा दर्ता गराएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका तत्कालीन राजपरिवारका ज्वाइँ कुमार खड्गविक्रम शाहलगायत सबैलाई सफाइ दिएको छ ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले जग्गा सार्वजनिक हुने ठहर गर्दै आरोपितहरूलाई सफाइ दिएको हो ।
‘प्रतिवादीहरको उक्त कार्यमा कुनै बदनियत रहेको नदेखिंदा सबै प्रतिवादीहरूले सफाइ पाउने,’ विशेष अदालतले तयार पारेको रायमा भनिएको छ, ‘उल्लेखित विवादको जग्गा सरकारी सार्वजनिक जग्गा रहेको फिल्डबुक समेतका मिसिल प्रमाणबाट पुष्टि हुन आएकाले जफत भई नेपाल सरकारको नाममा दर्ता कायम हुने ठहर्छ ।’
धनुषाको पिडारी चोक र रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले ९ भदौं २०७९ मा शाह सहित गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा लागेका कुमार खड्कविक्रम दिवंगत राजा वीरेन्द्रका भिनाजु हुन् । उनले राजा महेन्द्रकी छोरी शारदासँग बिहे गरेका थिए । १९ जेठ २०५८ सालमा भएको दरबार हत्याकाण्डमा कुमार खड्कविक्रम पत्नी शारदा पनि मारिएकी थिइन् ।
उनी २०२४ देखि २०३४ सालसम्म राष्ट्रिय खेलकुद परिषदका सदस्य समेतसमेत थिए । धनुषाको जग्गा भ्रष्टाचार घटना २०५८ को दरबार हत्याकाण्ड हुनुभन्दा अघिको हो । अख्तियारले धनुषाको पिडारी चोक र रत्नसागर मन्दिरको नाममा रहेको जग्गा गुठीको आवरणमा व्यक्तिको नाममा दर्ता भएको दाबी गरेको थियो ।
आरोपपत्र अनुसार, जनकपुरस्थित गुठी तहसिल तथा खर्च कार्यालयले उक्त जग्गा गुठीको लगत कायम गरिदिएपछि भ्रष्टाचारको शुरुवात भएको हो । गुठी कार्यालयका तत्कालिन प्रमुख मधुप्रसाद बस्ताकोटीले कुनै मेल नखाने गुठीको नाममा लगत कायम गरिदिएका थिए । अनि त्यसपछि कुमार खड्गविक्रम शाहको नाममा उक्त जग्गा दर्ता कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा
झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर
भ्रष्टाचार मुद्दामा धमाधम फैसला
राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने
पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको पेसी आज