काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ।विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।
नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाउनुभएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी भएका थिए। उनी काठमाडौँ क्षेत्र नं ४ बाट कांग्रेसको पूर्वक्षेत्रीय सदस्यसमेत थिए।
सत्यालको आज विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ११ : २६
लेखकबाट थप