काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा सेना परिचालनसम्बन्धी निर्णय लिएसँगै प्रधानसेनापति प्रभुराम शर्माले विशेष निर्देशन जारी गरेका छन् ।
शर्माले विभागीय प्रमुखहरुको उपस्थितिमा चारवटै कमाण्डका कमाण्ड सेनापतिहरुलाई विशेष निर्देशन दिएका हुन् ।
शर्माले आआफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्न भनेका छन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयहरु, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरु तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसँग असरदार रुपमा समन्वय गरी कार्य गर्न, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्न पनि निर्देशन दिएका छन् ।
सोही क्रममा, प्रधान सेनापति शर्माले ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा योजना, २०७८’ मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरुलाई अक्षरस पालना गर्न समेत निर्देशन दिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं: सेना
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना
सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा शाह नियुक्त