काठमाडौं । सडक यातायातले नजोडिएको हिमाली जिल्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको छ। नेपालगञ्ज सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा हुन नसकेको हो।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुुख मोहन गिरीले तीन दिनयता हुुम्लाका लागि कुनै पनि उडान हुन नसकेको बताए।मौसम सफा भए पनि नेपालगञ्जमा कुनै पनि विमान नहुँदा हुुम्लामा उडान हुन नपाएको हो। गत बिहीबार सीता र समिट एयरले केही उडान भरे पनि त्यसयता कुनै उडान हुन सकेको छैन। सोही दिन हुुम्लाका लागि उडान भरेपछि ती विमान काठमाडौं फिर्ता भएका थिए।
यसरी उडान नभएपछि नेपालगञ्जका यात्रुु मर्कामा परेका छन्। सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनुुपरेको छ। केही समय अगाडिसम्म नियमित उडान भर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान भर्न छाडेको छ।उपभोक्ता टेकबहादुर रोकायाले केही समययता उडान नियमित नहुँदा दैनिक उपभोग्य सामानको मूल्य अकासिएको र पाउनसमेत छाडेको बताए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न भने हेलिकोप्टरबाट नियमित ढुवानी भइरहेको छ। लिमिटेड हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यका अनुसार नेपालगञ्ज र सुर्खेतबाट गाडीमा सर्केगार्ड गाउँपालिका–१ को खच्चासम्म ढुवानी हुने र माउन्टेन एयरको हेलिकोप्टरले दैनिक ढुवानी गरिरहेको छ।
यसका लागि उक्त एयरलाइन्सको हेलिकोप्टर सिमकोट विमानस्थलमा नाइट स्टे रहँदै आएको छ। हालसम्म हेलिकोप्टरबाट ६८७ क्विन्टल खाद्यान्न ढुवानी भएको आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, १७ : ००
लेखकबाट थप