चुनावका लागि कैलालीमा पाँचौ बैठकमा पनि हुन सकेन गठबन्धन दलहरुबीच सहमति

सफल खबर संवाददाता

बुधबार, ३० चैत्र २०७८, २० : २०
चुनावका लागि कैलालीमा पाँचौ बैठकमा पनि हुन सकेन गठबन्धन दलहरुबीच सहमति

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलिय गठबन्धनबीचमा बुधबार सम्मपन्न बैठक बिना निष्कर्ष सकिएको छ। 

छलफलमा नेपाली कांग्रेसले आफ्नो पार्टीको तयारी नपुगेको भन्दै थप समय मागेको थियो । कांग्रेसले थप समय मागेपछि तालमेलका विषयमा समान्य कुरा भए पनि वैशाख ३ गते पुनः बैठक बस्ने गरी बैठक विना निष्कर्ष टुङ्गिएको हो ।  

pकांग्रेसले वैशाख २ गते आफ्नो पार्टीको बैठक रहेको र त्यसपछि आधिकारिक धारणा आउने भन्दै धारणा राखेपछि बुधबारको बैठक विना निष्कर्ष टुङ्गिएको छलफलमा सहभागि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जगत जोशीले बताए । 

उनका अनुसार मंगबार केन्द्रमा ५ दलले गरेको सहमतिका आधारमा कैलालीमा तालमेलका लागि बुधबार छलफल भएको थियो । तर कांग्रेसले वैशाख २ गते आफ्नो पार्टीको साझा धारणा बन्ने भन्दै तीन गते बैठक बसौं भनेपछि बुधबारको बैठक टुङ्गिएको हो ।  

नेपाली कांग्रेसले भने नेकपा एकीकृत समाजवादी पार्टीका कारण बिहीबारको बैठक निष्कर्ष बिहीन बनेको आरोप लगाएको छ । समाजबादी पार्टीले ५ पालिकामा आफ्नो दावी गरेका कारण बुधबार थप निर्णय नभएको नेपाली कांग्रेस कैलालीका उप–सभापति भीम बडुवालले बताए ।

नेकपा एसको सो धारणा पछि कांग्रेसले थप समय मागेको उनले बताए । ‘हामीले मंगलबार केन्द्रमा भएको निर्णय अनुसार अघि बढ्ने गरी छलफल हुन्छ होला भन्ने ठानेका थियौं,’ नेपाली कांग्रेस कैलालीका उप–सभापति भीम बडुवालले भने, ‘तर उहाँहरुले ५ पालिकामा दाबी गरेपछि निर्णय हुन सकेन हामी पार्टीमा थप छलफल गरेर पुनः संयुक्त बैठक बस्ने छौं ।’ 

प्रतिक्रिया दिनुहोस