एमालेबाट वीरगञ्जको मेयरमा सरावगी सर्वसम्मत सिफारिस

सफल खबर संवाददाता

बुधबार, ३० चैत्र २०७८, १७ : २४
एमालेबाट वीरगञ्जको मेयरमा सरावगी सर्वसम्मत सिफारिस

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)ले विजय सरावगीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ । बुधबार बसेको एमाले नगर कमिटीको बैठकले मेयरका लागि सरावगीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

२०७४ मा संघीय समाजवादी पार्टीबाट वीरगञ्जको मेयर बनेका सरावगी गत फागुनमा एमाले प्रवेश गरेका थिए । सरावगीलाई पार्टी प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली वीरगञ्ज नै पुगेका थिए ।

मेयरका लागि अन्य आकांक्षी कोही नभएपछि आफ्नो नाम सर्वसम्मत भएको सरावगीले जानकारी गराए । उपमेयरका लागि भने उम्मेदवार सिफारिस गर्न बाँकी नै रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस