एजेन्सी । अफ्रिकी मुलुक क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको बास्टोस जिल्लामा रहेको लिभ्स नामको नाइटक्लबमा गरिएको आतिशबाजीका कारण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आगलागीमा सयौं मानिस घाइते भएका छन् । सयौं मानिस भेला भएका बेला आगलागी भएपछी भागदौड मच्चिएको थियो । नाइटक्लब नजिकै राजदुत र कुटनितीज्ञहरूको निवास रहेकाले आगलागी हुने बित्तिकै उनीहरूको निवास खाली गराइएको थियो ।
नाइटक्लबको तल्लो तलाबाट शुरु भएको आगो दुई तलासम्म फैलिएको थियो । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० चैत्र २०७८, १७ : १९
लेखकबाट थप