काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा २०७५ साल फागुन २४ गते नेपाल सरकार र तत्कालीन सिके राउत नेतृत्वमा रहेको संगठनबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री खाणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आइरहेकोमा खुसी व्यक्त गरे । स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको गृहमन्त्री खाणले बताए ।
त्यस्तै सहमति कार्यान्वयनका लागि फेरि बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ । छलफल सकारात्मक रहेकाले अर्को बैठक बसेर टुंग्याउने सहमति बनेको छ ।गृहमन्त्री खाणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १६ : ३९
लेखकबाट थप