काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रहेको बताएको छ । एक महिने अभियान सकिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताए ।
'धेरै भ्रम फैलाइएको थियो । एमसीसीबारे ठूलो खालको भ्रम छरिएको रहेछ । विकास निर्माणका कामबारे पनि भ्रम फैलाइएको थियो । त्यो सबै भ्रम चिर्न सफल भयौं,' उनले भने । पाँच वर्षे म्यान्डेट पाएर अधुरै छोडेका केपी ओली नेतृत्वको पार्टीलाई किन जिताउने भन्नेबारे पनि जनधारणा बुझ्ने मौका मिलेको उनको भनाइ छ ।
'घरघरमा गएर जनताको धारणा नजिकबाट बुझ्नै मौका पायौं । चुनावी तालमेलका विषयमा पनि उहाँहरूको धारणा कस्तो छ ? त्यो बुझ्ने मौका मिल्यो,' डा. महतले भने । स्थानीय तह निर्वाचनका लागि पार्टीको अवस्था कस्तो छ भन्ने विषयमा पनि नजिकबाट बुझ्ने मौका मिलेको उनको भनाइ छ ।
स्थानीय तह लक्षित गरेर कांग्रेसले गत २९ फागुनदेखि एक महिने अभियान सञ्चालन गरेको थियो । अभियानमा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू गाउँघर केन्द्रित भएका थिए । अभियानको क्रममा केन्द्रीय प्रतिनिधिहरूलाई गाउँघरमा कांग्रेसबारे जनताको धारणा, पार्टीबारे फैलाइएका भ्रम चिर्ने, चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा जनताको धारणालगायतका विषय बुझ्ने म्यान्डेट पाएका थिए ।
एक महिने अभियान सकेर केन्द्रीय प्रतिनिधिहरू सबै काठमाडाैं फर्किँदैछन् । उनीहरूले आफूलाई खटाइएकाे जिल्लाकाे वस्तुस्थितिबारे प्रतिवेदन बुझाउनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई प्रशिक्षण दिंदै कांग्रेस
सडकमा घोप्टो परेको अवस्थामा कांग्रेस नगर सभापति कलौनी मृत फेला
सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कांग्रेस नेता सिटौला
पार्टीको महाधिवेशन ०८४ पछि गर्न कांग्रेस नेताहरूको प्रस्ताव
कांग्रेस संसदीय दलको बैठक बस्दै