खोटाङ । नेपाली कांग्रेस खोटाङको कार्यालयमा बिपी कोइरालाको शालिक स्थापना गरिएको छ । कांग्रेसको स्थापना दिवसको अवसरमा आइतबार कांग्रेसको दिक्तेलस्थित बिपि स्मृति भवनमा बिपीको अर्धकद्को शालिक स्थापना गरिएको हो ।
कांग्रेसका नेता, कार्यकर्ता तथा भातृ संघसंगठनबाट जुटाइएको ३ लाख ४३० रुपैयाँमा निर्माण गरिएको बिपीको शालिक ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तरगत खोटाङमा खटिएकी प्रतिनिधि तथा केन्द्रीय सदस्य कल्पना चौधरी, केन्द्रीय सदस्य सरस्वती बजिमय र कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलको संयोजकत्वमा बिपीको शालिक निर्माण तथा ढुवानी गरेर कांग्रेसको कार्यालय परिषरमा स्थापना गरिएको हो । शालिक निर्माणका लागि २ लाख ८० हजार १११ रुपैयाँ मात्र संकलन भएपछि अपुग २० हजार ३१९ रुपैयाँ आफैले व्यक्तिगत रुपमा खर्च गरेको पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ चैत्र २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई प्रशिक्षण दिंदै कांग्रेस
सडकमा घोप्टो परेको अवस्थामा कांग्रेस नगर सभापति कलौनी मृत फेला
सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कांग्रेस नेता सिटौला
पार्टीको महाधिवेशन ०८४ पछि गर्न कांग्रेस नेताहरूको प्रस्ताव
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस जिल्ला सभापति र उपसभापति पोखरामा भेला हुँदै