काठमाडौं। एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो अवार्डबाट सम्मानित गरेको हो ।
शनिबार राजधानीको याक एन्ड यति होटलमा आयोजित समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूण फेलो एनआईसी एसिएन्सलाई समर्पण गर्दै आफूलाई योग्य ठानेकामा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदाधिकारीप्रति कृतज्ञता जाहेर गरे ।
हाल एनआइसी एशिया बैंकको कुल कर्जा करिब ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिसेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ पुगेको छ ।
उनी यसअघि ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, कर्पोरेट सीईओ अफ द इयर २०७८, बैंकिङ सीईओ अफ द ईयर–२०२१ बाट पनि सम्मानित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआईसी एशिया बैंकको सहयोगमा बाला सुन्दरी माविमा पुस्तकालय निर्माण
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता
एनआईसी एशिया बैंकका ९५ प्रतिशत सेवा अनलाइनबाटै
कर्जा असुली र सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट