काठमाडौँ । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जसपामा व्यक्तिवाद हाबी भएको भन्दै गाउँपालिका उपाध्यक्ष सीता कुमारी यादव कांग्रेस प्रवेश गरेकी हुन् ।कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले फूलमाला र अबिर लगाएर यादवलाई कांग्रेस प्रवेश गराएका हुन् ।
यादवले पार्टी प्रति आफू ईमान्दारी, बफादारी र कर्तव्यनिष्ठ भएर काम गर्दै आएकोमा जसपा जिल्ला कार्यसमितिमा निवेदन दिँदा त्यसको सुनुवाई नभएको, केन्द्रीय अध्यक्षको निर्देशनको पालना नभएको र केन्द्रीय अध्यक्षलाई ज्ञापन पत्र दिँदा समेत कुनै चासो नलिएको तथा पार्टीले कारवाही गर्नुपर्नेमा व्यक्तिवादी हाबी भएको भन्दै जसपाको साधारण सदस्यता समेत परित्याग गरेकी थिइन् ।
उनीसहित जसपा र अन्य पार्टीका दर्जनौँ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, ११ : ४३
लेखकबाट थप