वर्तमान आर्थिक अवस्थाबारे एमालेले आज तीन जना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा धारणा सार्वजनिक गर्ने

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, १० : १२
वर्तमान आर्थिक अवस्थाबारे एमालेले आज तीन जना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा धारणा सार्वजनिक गर्ने

काठमाडौं । नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाका बारेमा आज धारणा सार्वजनिक गर्ने भएको छ ।

आइतवार दिउँसो साढे १२ बजे होटल हिमालयमा पार्टीले वर्तमान आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

पार्टीको धारणा सार्वजनिक गर्न तीन जना पूर्वअर्थमन्त्रीहरूको उपस्थिति हुने उनले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस