काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा झण्डै दोब्बर मतले अगाडि छन् । शनिबार बिहान पौने १० वजे सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रधानमन्त्री देउवा कम्युनिष्ट गठबन्धनभन्दा ३ हजार ९५ मतले अगाडि रहेका छन् ।
उनले प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा अहिलेसम्म ८ हजार ९२२ मत प्राप्त गरेका छन् । प्रधानमन्त्री देउवालाई कम्युनिष्ट गठबन्धनबाट उमेदवार बनेका माओवादी नेता खगराज भट्ट ५ हजार ८२७ मतले पछ्याइ रहेका छन् ।
प्रदेश सभा ‘क’ तर्फ एमाले उमेदवार पठानसिँह बोहराले ७ हजार ६०० र कांग्रेस उमेदवार रघुवर भट्टले ३ हजार ५०१ ल्याएको छन् । त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ कांग्रेसका कर्णबहादुर मल्लले ५ हजार ९०८ र एमालेका डा. तारा जोशीले चार हजार ९९३ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस