काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुले आगामी स्थानीय चुनावमा देशव्यापी गठबन्धनको आह्वान गर्दै संयुक्त अपील जारी गर्ने तयारी गरेका छन्।
गठबन्धनको प्रमुख घटक कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयुक्त कार्यदलले सो अपिलको तयारी गरेको एक नेताले बताए।
उनले भने, ‘पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ।’
अपिलमा गठबन्धन किन आवश्यक प¥यो र गठबन्धनको तत्कालीन कार्यभार के हो भन्नेबारे स्पष्ट रुपमा जानकारी दिइनेछ। त्यसैगरी निर्वाचनमा गठबन्धनका तर्फबाट उठाउने साझा विषयहरु पनि बुँदागत रुपमा उल्लेख गर्ने तयारी भएको बताइएको छ।
त्यसैगरी अपिलमा संसद विघटन र संविधान सिध्याउने खेलका पक्षपाती एमाले र त्यसको प्रतिगामी प्रवृत्तिको भण्डाफोर गर्दै गठबन्धनको सरकार बनेपछि भएका जनमुखी निर्णय र कार्यान्वयनको बारेमा पनि स्पष्ट पार्ने बताइएको छ। अपिलको तयारीबारे शुक्रबार छलफलमा भएको र मस्यौदाको अन्तिम रुप तयार भएपछि बैठक बसेर निर्णय गरिने बताइएको छ।
शुक्रबार बिहान बालुवाटारमा अनौपचारिक छलफलमा सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरु सहभागी थिए। सो छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी
बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै