काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)कै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणा–पत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
त्यस्तै उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको बताए । अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गरे ।
उनले एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको बताए । उनले भनेका छन्, ‘राप्रपा नेपालले आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग सहकार्य र तालमेल गर्ने नीति लिएको छ । यस क्रममा नेकपा एमालेसँग प्रारम्भिक चरणको कुराकानी भइसकेको छ । र नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ ।’
उनले फेरि भने, ‘नेकपा एमालेका केन्द्रिय तहका नेताहरुसँग हामी छिटै नै दुई पक्षीय कुराकानी गरेर निस्कर्षमा पु¥याउने छौँ । र हाम्रो पार्टीको स्थानीय तहका साथीहरुले आफ्ना समकक्षी नेकपा (एमाले)का साथीहरुसँग कुराकानी गरेर सकेसम्म स्थानीय तहमा समझदारी कायम गर्ने प्रयास गर्नुहुनेछ । राजनीतिक, कानूनि र व्यवहारिक रुपमा सम्भव भए र त्यस्तै किसिमको समझदारी कायम हुनसके हामीले नेकपा एमालेसँग सहकार्य र तालमेल गरेर जाने भएको हुँदा साझा चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय गर्न दिएको थियो ।’
उनले थप भने, ‘सम्भव भए आगामी स्थानीय तहको चुनावमा नेकपा एमालेकै चुनाव चिन्ह सुर्य लिएर उठ्नसक्ने सम्भावनाका बारेमा समेत आज म पत्रकार साथीहरुलाई जानकारी गराउन चाहन्छु । यो निर्णय होइन पार्टीको धारणा हो ।’
अध्यक्ष थापाले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । उनले हिन्दूराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति नभएमा धर्म निरपेक्षता राख्ने वा हिन्दूराष्ट्र कायम गर्ने भन्ने बारेमा जनताको प्रत्यक्ष अभिमत बुझ्न आगामी संसदीय चुनाव सँग–सँगै राष्ट्रिय जनमत संग्रह गर्न पनि माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा