काठमाडौं । दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि सो सहयोग गर्ने भएको हो । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै क्रमशः दुहुँ गाउँपालिका दार्चुला, नौगाड गाउँपालिका दार्चुला र गल्छी गाउँपालिका, धादिङ्काबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका माथि उल्लिखित सामुदायिक विकास परियोजनाहरुको कूल अनुमानित लागत नेरु. ७ करोड ८ लाख रहेको छ । ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख लागतमा इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख लागतमा महेशफाँट सिँचाई परियोजनाको निर्माण गरिनेछ ।
यी परियोजनाहरुको निर्माणले स्थानीय बासिन्दाहरुलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरुलाई मद्दत गर्ने विश्वास भारतीय दूतावासले लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतमा महाकुम्भ भाग दौडमा १५ जनाको मृत्यु
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते
७६औं गणतन्त्र दिवस मनाउँदै भारत, इन्डोनेसियाका राष्ट्रपति प्रमुख अतिथि
भारतमा रेल दुर्घटना, ११ जनाको मृत्यु