चितवन । स्थानिय निर्वाचनको मिती नजिकिदै गर्दा माओवादी केन्द्रप्रति जनलहर बढिरहेको छ ।बुधवार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच नेकपा ऐमाले ,नेपाली कांग्रेस र अन्य पार्टी छोडी २ सय १० जना यूवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रमा प्रबेशीहरूलाई पार्टिमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले जनताको असली साथी र राष्ट्रको एकमात्र अग्रगामी शक्ति माओवादी केन्द्र मात्र भएको बताए । कार्यक्रममा बोल्दै उनले अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्दिको यात्रा पुरा गर्न माओवादी ने बलियो हुनुपर्ने बताए ।
देशलाई प्रतिगमनमा लैजाने नेपाली जनताले बलिदानी पूर्ण संघर्ष गरेर प्रप्त गरेको उपलब्धिहरूलाई सिघ्याउन देशी बिदेशी शक्तिहरु लागिपरेका छन् भन्दै उनले यूवाहरुको पार्टी प्रबेशले त्यस्लाई परास्त गर्न सहयोगी हुने बताए ।लडेर मात्र हक अधिकार प्राप्त र संस्थागत गर्न सकिने बताउँदै यूवाहरूलाई शब्य ढंगले प्रतिगामिहरूसंग लड्न आग्रह गरे ।चितवनले विकासको मोडल प्रस्तुत गरिसकेको बताउँदै उनले एकता र संघर्षको समैत नेत्रित्व गर्न आग्रह गरे ।उनले भने,'प्रचण्डलाई हराउने भनेको परिवर्तनलाई सिध्याउने र संघिय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने नियत हो त्यसलाई कदापी पुरा हुन दिन्न ' ।
कार्यक्रममा शेर बहादुर लामा, दिनेस लामा, सुनिल परियार, अर्जुन कुमाल , केशब कुमाल , राज लामा, प्रविन लामा, सुरज परियार , रोशन कुमाल , आकाश कुमाल , सुनिल कुमार गोले , अनिल लामा, अशोक लामा, टेक ह गोले, निशल पाण्डे, रोशन पराजुली, विकास थापा , सुवास तमाङ, सुर्य कुमाल , ईश्वर सुनुवार , किशोर परियार लगायत २१० जनाले अन्य पार्टी छोडी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ चैत्र २०७८, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
‘प्रचण्ड’द्वारा चोत्लुङ पार्क अवलोकन
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)