काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन्।प्रधानमन्त्रीले निर्वाचन तयारीबारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका आयोग स्रोतले बताएको छ ।
आयोग हाल ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा छ । आयोगले निर्वाचन आचारसंहिता जारी गर्नेदेखि मतपत्र छपाइसम्मको तयारी गरिरहेको छ ।
सोमबार राजनीतिक दलहरुलाई बोलाएर निर्वाचन आचारसंहिता पालनाको प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ चैत्र २०७८, १३ : २९
लेखकबाट थप