२०७९ मा मधेश सरकारले ११ दिन सार्वजनिक बिदा दिने

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, १० : ५४
२०७९ मा मधेश सरकारले ११ दिन सार्वजनिक बिदा दिने

काठमाडौं ।  मंगलबार मधेश प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले वर्षभर ११ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राजपत्रमा प्रकाशित बिदाहरूमा नयाँ वर्ष २०७९ को अवसरमा वैशाख २ गते जुडशीतलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेका छन्।त्यस्तै इस्लाम धर्मावलम्बीको इद उल अजहा, इद उलफित्र र पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिइने उल्लेख छ।

छठको भोलिपल्ट पारनको दिन कार्तिक १४ गते, विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होलीमा फागुन २४ गते र रामनवमीमा चैत १६ गते सार्वजनिक बिदा मधेश सरकारले निर्धारण गरेको छ। 

प्रतिक्रिया दिनुहोस