‘आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर अगाडि बढ्दैछौँ –मन्त्री भुसाल

सफल खबर संवाददाता

मंगलबार, २२ चैत्र २०७८, १४ : ३५
‘आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर अगाडि बढ्दैछौँ –मन्त्री भुसाल

काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धन विजयी हुनका लागि मात्र नभई परिवर्तनका एजेण्डा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्न गरिएको दाबी गरेकी छन्।

ललितपुरको गोदाबरी नगरपालिका(१४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता भएको जिकिर गरिन्। मन्त्री भुसालले गठबन्धन निर्वाचनमा विजयी हुनका लागि मात्र नभई परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन्धन आवश्यक भएको बताइन्।

‘परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता थियो,’ मन्त्री भुसालले भनिन्‚ ‘आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर अगाडि बढ्दैछौँ।’ जनताको संघर्षका बलमा प्राप्त उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको उनले बताएकी छन्।

यस्तै‚ मन्त्री भुसालले सात दशक लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादको आधार तयार गरेर सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। पछिल्ला पाँच वर्षको अवधिमा स्थानीय सरकारले धेरै काम गरेका उल्लेख गर्दै उनले छोटो समयमा आधारभूत संरचनाको जग बसेको बताइन्।उनले भनिन्‚ ‘अब जो सुकै निर्वाचित भएर आउँदा पनि सोही जगबाट अगाडि बढ्न सहज हुनेछ।’


 

प्रतिक्रिया दिनुहोस