एकीकृत समाजवादी जान ठिक्क परेका कांग्रेसका निर्वाचित वडा अध्यक्ष थापा एमाले प्रवेश

सफल खबर संवाददाता

मंगलबार, २२ चैत्र २०७८, १४ : १६
एकीकृत समाजवादी जान ठिक्क परेका कांग्रेसका निर्वाचित वडा अध्यक्ष थापा एमाले प्रवेश

काठमाडाैँ। कागेश्वरी मनाेहरा नगरपालिका ७ का वडा अध्यक्ष जीवन थापा एमाले प्रवेश गरेका छन्। नेकपा एकीकृत समाजवादी जाने तयारीमा रहेका उनी मंगलबार एक्कासी एमाले प्रवेश गरेका हुन्।थापा अघिल्लाे स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

उनीसँगै कांग्रेस कार्यकर्ता राम न्यौपाने पिन एमाले प्रवेश गरेका एमाले कागेश्वरी मनाेहरा नगर कमिटीले जनाएकाे छ।

 

प्रतिक्रिया दिनुहोस