जनप्रतिनिधिहरूलाई पार्टी प्रवेश गराउन ओली वीरगञ्जमा

सफल खबर संवाददाता

मंगलबार, २२ चैत्र २०७८, १२ : ११
जनप्रतिनिधिहरूलाई पार्टी प्रवेश गराउन ओली वीरगञ्जमा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई एमाले प्रवेश गराउन वीरगञ्ज आउँदै छन्।

ओली मंगलवार बिहान साढे ११ बजेको उडानबाट काठमाडौंबाट सिमरा विमानस्थलमा उत्रिने र त्यहाँबाट वीरगञ्ज आउने कार्यक्रम रहेको पर्साका एमाले नेता बसुरुद्दिन अन्सारीले बताए। वीरगञ्जमा आज आयोजना हुने कार्यक्रममा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। कार्यक्रमको तयारी पूरा भएको ए अन्सारीले बताए।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका प्रमुख विजयकुरमा सरागवी यसअघि नै एमाले प्रवेश गरिसकेका छन्। उनी जनता समाजवादी पार्टीबाट महानगर प्रमुखमा निर्वाचित भएका थिए। आज विविन्न दलबाट जनप्रतिनिधि भएका १० जनाभन्दा बढीलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस