चितवन। कालिका नगरपालिकामा वाईसीएल नेपाल कालिका नगर कमिटी गठन भएको छ । आज (सोमबार) खोलेसिमलमा सम्पन्न कार्यक्रममा ईश्वर भट्टराईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।
सम्मेलनले कमिटीको उपाध्यक्षमा रमेश तामाङ, दिवश सुनार र नारायण श्रेष्ठ चयन गरेको छ ।त्यस्तै कोषाध्यक्षमा धुर्व पाण्डे, सचिवमा हरी कृष्ण श्रेष्ठ, सहसचिवमा भागवत लामिछाने, कृष्ण प्रसाद खनाल, प्रमोद ढकाल, मुना भारती, अम्बिका नगरकोटी, सुदिप खनाल र शिव राम कुमाल चयन भएका छन् ।
कार्यक्रममा वाईसीएल नगर इन्चार्ज नवराज धताल, वाईसीएल जिल्ला इन्चार्ज साजन अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा दिपसिखको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सदस्य रामधोज डल्लाकोटी, प्रदेस सदस्य दिवस पाण्डे, चितवन जिल्ला इन्चार्ज साजन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ चैत्र २०७८, १६ : २७
लेखकबाट थप