गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका डा. बाबुराम भट्टराइको अग्रता बढ्दै गएको छ । भट्टराई हरेक मत परिणाम घोषणा हुँदा कम्युनिष्ट गठबन्धनका उमेदवार नारायणकाजी श्रेष्ठसँगको मतान्तर बढाउँदै लगेका छन् । शनिबार बिहान सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार उनी श्रेष्ठभन्दा तीन हजार मतले अगाडि छन् ।
प्रतिनिधिसभातर्फ गणना भएका मत मध्ये डा. भट्टराईले २० हजार ८१ठ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी श्रेष्ठले १७ हजार ९२९ मत प्राप्त गरेको नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिएका छन् ।
गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा भने लोकतान्त्रिक गठबन्नका चीनकाजी श्रेष्ठ कम्युनिष्ट गठबन्धनभन्दा पछाडि छन् । उनलाई कम्युनिष्ट गठबन्धनले दुई हजार बढी मतले पछि पारेको छ ।
पछिल्लो मत परिणाम अनुसार कम्युनिष्ट गठबन्धनका हरिराज अधिकारीले १५ हजार २९९ मत प्राप्त गरेका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनका श्रेष्ठ १३ हजार २२२ मतका साथ पछ्याइ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस