काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारलाई टिकट दिने संसदीय समिति तत्काल गठन गर्न निर्देशन दिएको छ । उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसदीय समिति तत्काल गठन गर्न निर्देशन दिएको हो
यस्तै, तत्काल कुनै निर्णय लिनुपरे छलफलबाट लिन कार्यसम्पादन समिति गठन गर्न पनि कांग्रेसले तल्ला समितिलाई निर्देशन दिएको हो । कांग्रेसले अनुशासन समिति पनि गठन गर्न भनेको छ ।
स्थानीय तहको निर्वाचनको संघारमा पार्टी चलायमान बनाउन विधानअनुसारका सबै समिति गठन गर्न कांग्रेसले निर्देशन दिएको छ ।विधानअनुसार गठन गर्नुपर्ने सबै समिति गठन गर्न निर्देशन दिने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
समितिहरू विधानअनुसार पार्टी महाधिवेशन भएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने हुन्छ ।कांग्रेसले केन्द्रमा कार्यसम्पादन समिति गठन गरे पनि संसदीय समिति र अनुशासन समिति गठन गरेको छैन ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको भारत भ्रमणबाट फर्केपछि मात्रै ती समितिहरू गठन गरिने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री देउवा बिहीबार तीन दिने भारत भ्रमणमा निस्किएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ चैत्र २०७८, १४ : ५१
लेखकबाट थप