स्वतन्त्र उम्मेदवारी अभियानअन्तर्गत एकहजार ३४७ जना उम्मेदवारी घोषणा

सफल खबर संवाददाता

शुक्रबार, १८ चैत्र २०७८, १३ : ४५
स्वतन्त्र उम्मेदवारी अभियानअन्तर्गत एकहजार ३४७ जना उम्मेदवारी घोषणा

काठमाडौं ।  स्वतन्त्र उम्मेदवारी अभियानले ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने अभियान सुरु गरेको छ।

स्वतन्त्र उम्मेदवारी अभियानमार्फत हालसम्म एक हजार ९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको अभियानले जनाएको छ। जसअन्तर्गत प्रदेश १ मा ३४७ जना, मधेसमा ३०९, बागमतीमा ३६४ जना रहेको अभियानले जानकारी दिएको छ।

त्यसैगरी गण्डकीमा २८६ जनाले उम्मेद्वारी घोषणा गरेका छन्। लुम्बिनीमा २६५, कर्णालीमा १८८ र सुदूरपश्चिममा २३९ जनाले उम्मेदवारी घोषणा गरेका छन्। यो अभियानमार्फत देशभर हालसम्म ४ हजार ६५७ जनाले उम्मेदवारी हुने इच्छासहितको फारम भरेका छन्।स्वतन्त्र उम्मेद्वारी अभियानले स्थानीय तहमा स्वतन्त्र उम्मेदवार दिन तयार भएका स्वच्छ छवि, नैतिक र इमानदार जो कोही पनि यो अभियानमा जोडिन सक्ने जनाएको छ।

स्थानीय तह भ्रष्टाचार मुक्त हुनुपर्ने, जनताका दैनन्दिन आवश्यकता पूरा गर्नुपर्ने, विकासका अजेण्डालाई प्राथमिकता दिनुपर्ने र घरदैलोको सरकार हरक्षण जनताकै सेवामा समर्पित हुनुपर्ने अभियानका उद्देश्य रहेका छन्।यसको लागि स्थानीय सरकार दलभन्दा माथि उठ्नुपर्ने आवश्यकता रहेको अभियानको ठहर छ। स्थानीय सरकार दलीय हुँदा विकासका मुद्दा ओझेलमा परेको, जनताका आवश्यकता पूरा नभएको अभियानको निष्कर्ष रहेको छ।

स्वतन्त्र उम्मेदवारी अभियान घोषणा गर्नुअघि ६३ जना विज्ञलाई ११ प्रश्न सोधेको थियो। जसमा नेपालमा स्वतन्त्र उम्मेदवारी आवश्यकता छ कि छैन ? यस अभियानमा तपाईं सहभागी हुन चाहनु हुन्छ कि नाई ? अभियान सञ्चालनको क्रममा आउने राजनीतिक दलको अवरोधलाई कसरी समाधान गर्न सकिएलालगायत प्रश्न सोधिएको थियो।

अभियानले जनाएअनुसार चुनावमा बढेको खर्चका कारण भ्रष्टाचार बढेको सर्वेक्षणको निष्कर्ष थियो।

प्रतिक्रिया दिनुहोस