उर्जा मन्त्रालयले गर्‍यो १५ कर्मचारीको बढुवा सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, १८ चैत्र २०७८, १२ : १७
उर्जा मन्त्रालयले गर्‍यो १५ कर्मचारीको बढुवा सिफारिस

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १५ जना कर्मचारीहरूको बढुवा सिफारिस गरेको छ ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिग्रेशन उपसमूह, रा।प। तृतीय श्रेणी, इन्जिनियर पदमा बढुवाका लागि उनीहरूलाई सिफारिस गरेको हो ।
ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस