स्थानीय तह निर्वाचन– सबै मतगणना स्थलमा सीसी क्यामेरा जोडिने

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १७ : ०५
स्थानीय तह निर्वाचन– सबै मतगणना स्थलमा सीसी क्यामेरा जोडिने

काठमाडौं । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा मतगणना स्थलमा सीसीटीभी राख्न निर्वाचन आयोगले संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।सीसीटीभी राख्न धेरै स्थानीय तहबाट सकारात्मक 'रेस्पोन्स' आएको आयोगले जनाएको छ ।

निर्वाचन तयारीबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान स्थलमा सम्भव नभएपनि सबै मतगणना स्थलमा राख्ने आयोगले पहल गरेको बताएका हुन् । 

‘सबै स्थानीय तहको मतगणना स्थलमा सीसीटीभी राख्न संघीय मामिला मन्त्रालयमार्फत सबै पालिकामा पत्राचार गरेका छौं । विभिन्न ठाउमा जोड्दै गरेको र धेरै पालिकाबाट सकारात्मक रेस्पोन्स प्राप्त भएको छ,’ प्रवक्ता शर्माले भने । 
 

प्रतिक्रिया दिनुहोस