देउवा बालुवाटारबाट चन्द्रागिरि जाँदाको हेलिकोप्टर खर्च १० लाख

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १६ : ५७
देउवा बालुवाटारबाट चन्द्रागिरि जाँदाको हेलिकोप्टर खर्च १० लाख

काठमाडौं।  प्रधानमन्त्री  शेरबहादुर देउवाले बालुवाटारबाट चन्द्रागिरिसम्म जान हेलिकप्टर प्रयाेग गर्दा  १० लाख रुपैयाँ खर्च भएको छ। नेपाली सेनाको हेलिकप्टर प्रयाेग गरेका उनको हेलिकप्टर भाडा राज्यकोषबाट व्यहोरिने छ।

प्रधानमन्त्री देउवा ‘दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्न बुधबार चन्द्रागिरि पुगेका थिए । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा उद्घाटनका लागि जाँदा देउवाले सेनाको हेलिकप्टर प्रयोग गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छ, कार्यालय सिंहदरबारमा। जहाँबाट चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि हिल्सबीचको दूरी १० देखि १२ किलोमिटर छ।

प्रतिक्रिया दिनुहोस