जोरपाटी साँखु सडक खण्ड अझै निर्माण सम्पन्न भएन्

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १३ : ५८
जोरपाटी साँखु सडक खण्ड अझै निर्माण सम्पन्न भएन्

काठमाडौं  । विगत ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी साँखु सडक खण्ड अझै निर्माण सम्पन्न हुन सकेको छैन। अधिकांश ठाउँमा सडक मर्मतको काम छाडिएको छ। यस्तो बेवास्ता कार्यदेखि स्थानीयबासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आइरहेका छन्।

गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीच पर्ने जोरपाटी साखु सडक खण्डको काम नभएपछि  गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा बिहीबार बिहानदेखि अवरुद्ध गरेका छन्।

उनीहरूले नारायणटार बागमती पुलदेखि दक्षिण ढोका पुलसम्मको सडक खण्ड बन्द गरी अवरोध गरेका हुन्। पटकपटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारी बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानीयले बताए। 

प्रतिक्रिया दिनुहोस